चौध अंकले नेप्से घट्दा २४ करोडको सेयर किनबेच, अरु समूहको सेयर घट्दा पनि होटलमा सुधार

Advertisement

काठमाडौंः सेयर बजार गिरावट हुने क्रम साताको पहिलो दिन आइतबार पनि जारी रह्यो । आज नेप्से १४ अंकले घटेर एक हजार २३३ अंक कायम भयो भने २४ करोड ४५ लाख रुपियाँको मात्रै सेयर किनबेच भयो ।

सेयर बजारबारे सरकारको स्पष्ट नीतिको अभाव र लाभकर वृद्धिको अन्योलसँगै बैंकहरुमा ऋणको ब्याजदर बढने क्रमले गर्दा सेयर बजारमा सुधार आउन नसकेको हो । लगातार बजार घट्दा निराश भएको लगानीकर्ता अनुकुल परिस्थितिका लागि पर्ख र हेरको स्थितिमा छन् ।

होटलबाहेक सबै समूहमा आज गिरावट छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूह एक दशमलव १९ अंकले घटेको छ । उत्पादनमूलकबाहेक जलविद्युत, विकास बैंक, वित्त, लघुवित्त, बीमा समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ ।

Advertisement

Advertisement

Advertisement