विश्वकपमा आज तीन खेल हुने, जित्नै पर्ने दबावमा अर्जेन्टिना

Advertisement

मस्कोः रुसमा जारी २१औं संस्रकरणको विश्वक अन्तर्गत विहीवार तीन खेल हुँदैछन् । आज फ्रान्स, पेरु, अस्ट्रेलिया, अर्जेन्टिना, क्रोएशिया र डेनमार्कले प्रतिस्पर्धा गर्दै छन् ।

फ्रान्सले यसअघि अस्ट्रेलियालाई २१ गोलले पराजित गरेको छ । डेनमार्कले पेरुलाई १० मा पराजित गरेको छ । यस्तै अर्जेन्टिनाले आइसल्याण्डसँग ११ को बराबरी खेलेको छ । आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ प्रत्येक टिम मैदान उत्रिने छन् ।

फ्रान्सले पेरुविरुद्ध र डेनमार्कले अस्ट्रेलियाविरुद्ध जित निकाल्न सकेमा दोस्रो चरण प्रवेश गर्ने छन् । अस्ट्रेलिया पनि डेनर्माकलाई पराजित गर्दै दोस्रो चरणको सम्भावना जिवितै राख्ने दाउमा हुनेछ ।

फ्रेञ्चमा अहिले मिश्रित भावना छ। पहिलो खेलमा हात पारेको ३ अंकले फ्रान्सलाई सहज त भएको छ तर सोचे अनुरुप खेल्न नसक्दा दबाब थपिएको छ ।

यस्तै आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिनालाई क्रोएसियाविरुद्धको खेलमा जित निकाल्न दबाव हुनेछ । क्रोएसियामाथि जित निकाल्न नसकेमा उपाधिको दावेदार मानिउको टोलि प्रतियोगिताबाट बाहिरिने सम्भावना बलियो हुनेछ ।

Advertisement

Advertisement

Advertisement