नेपाल क्लियरिङ हाउसको संचालकमा सुरेन्द्र भुषण श्रेष्ठ र माधव उपाध्याय नियुक्त

Advertisement

काठमाडौंः नेपाल क्लियरिङ हाउसको संचालकमा सुरेन्द्रभुषण श्रेष्ठ र माधव उपाध्याय नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।

बाणिज्य बैंक समूहको तर्फबाट नेपाल बंगलादेश बैंकका उपप्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र विकास बैंक समुहको तर्फबाट गरीमा बिकास बैंकका उपमहाप्रबन्धक उपाध्यायलाई संचालकमा नियुक्त गरिएको हो ।

यस अघि कम्पनीमा संचालकमा रहेका अनुपमा खुञ्जेली र प्रद्यूमन पोखरेल आ–आफ्नो बैंकको प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएसँगै पद रिक्त भएको थियो ।

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement