राष्ट्रिय वाणिज्य बैंकले गर्यो गोरखामा स्वास्थ्य शिविर

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले शनिबार गोरखाको दर्बुङस्थित बुढीगण्डकी आयेजनाबाट प्रभावितहरुको लागि स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक कार्यहरु गर्दै आएको र भविष्यमा पनि गरिरहने जनाएको छ । बैंकका नायब महाप्रबन्धक उद्धब खनालले ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्यमा बैंकले उक्त शिविर संचालन गरेको जानकारी दिए ।

शिविरमा विरामीहरुलाई जनरल, मानसीक, र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श तथा औषधि वितरण गरिएको बैंकले जानकारी दियो । बैंकले स्थानीयलाई वित्तीय सचेतना कार्यक्रम पनि संचालन गराएको थियो ।

Advertisement

Advertisement

Advertisement