चलचित्र विकास बोर्डद्वारा २ लाखसहित ‘पञ्चायत’ र ‘अग्नी दहन’ पुरस्कृत

Advertisement

काठमाण्डौःचलचित्र विकास बोर्डको १८ औं बार्षिकोत्सवमा दुईवटा बिशेष फिल्मलाई पुरस्कृत गरिएको छ ।

शिवम् अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’ र घनश्याम लामिछानेद्धारा निर्देशित फिल्म ‘अग्नी दहन’ लाई बोर्डले पुरस्कृत गर्दै विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख नगद समेत प्रदान गरेको छ ।

शनिवार सम्पन्न बार्षिकोत्सवमा विकास बोर्डले आफ्ना भावी कार्ययोजना समेत प्रस्तुत गरेको छ ।

बक्सअफिस प्रणालीलाई आर्थिक बर्ष २०७५ र ७६ भित्रै लागू गरिने, सोही आर्थिक वर्षभित्र राष्ट्रिय चलचित्र विकास नीति लागू गरिने, नेपालको पहिलो फिल्म ुआमाु र पहिलो रंगीन फिल्म ुकुमारीु लाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गरिने बोर्डको भावी कार्ययोजना भित्र छ ।

यस्तै, तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १६ वटा फिल्महरुलाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ ।

बोर्डले बार्षिकोत्सव कार्यक्रममा महिला निर्देशकको पुरस्कार दिपाश्री निरौलालाई प्रदान गरेको छ ।

बोर्ड अध्यक्ष निकिता पौडेलले बक्सअफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पराना फिल्महरुको डिजिटलाइजेसन जस्ता महत्वपूर्ण कामहरु आफूले आगामी आर्थिक बर्ष भित्रै सक्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

Advertisement

Advertisement

Advertisement