एलजीको डुएल फ्रिज विशेषता भएको रेफ्रिजेरेटर नेपाली बजारमा

Advertisement

काठमाडौंः एलजीले डुएल फ्रिज टेक्नोलोजीको रेफ्रिजेरेटर नेपालमा भित्र्याएको छ । यस टेक्नोलोजीले फ्रिजरलाई ६८ मिनेटमा फ्रिजमा बदल्ने नेपालको एलजीको आधिकारिक बिक्रेता सिजी इम्पेक्सले जनाएको छ ।

यसभित्र भएको एउटा बटमलाई थिचेर फ्रिजको क्षमतालाई १.४ गुणासम्म बढाउन सकिन्छ, जुन ३३१ लिटर क्षमता भएका फ्रिजलाई ४५८ लिटरसम्म बनाउन सकिन्छ । जसले ग्राहकहरुलाई आवश्यकताअनुसार आफ्नो खाना तल तथा माथिको भागमा राख्न सक्नुको साथै ठूलो रेफ्रिजेरेटर किन्दा लाग्ने मूल्यको बचत गर्ने जनाइएको छ ।

एलजीले यस डुएल फ्रिजलाई उपभोक्ता केन्द्रीत डिजाइन गरि ग्राहकमाझ ल्याएको भन्दै सिजी इम्पेक्सले जसले गर्दा प्रयोगकर्ताहरुको दैनिक समस्याहरुलाई समाधान गर्न मद्दत पुर्याएको जनाएको छ ।

डुएल फ्रिज टेक्नोलोजीको रेफ्रिजेरेटरमा इन्भटर लिनिएर कम्प्रेसर रहेको छ । जसले खानालाई १४ दिनसम्म ताजा राख्नुका साथै डोर कुलिङ विशेषता पनि रहेको, जसले ३५ प्रतिशतसम्म चाडो चिसो पार्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement