चीनको कुइचाओ प्रान्तबाट नेपालमा लगानी ल्याइने

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासहित महासंघका टोलीसँग नेपाल भ्रमणमा रहेको चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओ नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । कुइचाओका २० सदस्यीय चिनिया“ उद्यमी व्यवसायीको टोली नेपाल आएको हो ।

नेपालमा चीनको कुइचाओ प्रान्तको लगानी भित्र्याउने सम्बन्धमा छलफल गर्न प्रतिनिधिमण्डल आफ्नो सचिवालयमा आएको महासंघको भनाई छ । भेटवार्तामा नेपालमा पूर्वाधार, सूचना प्रविधि, पर्यटन, स्मार्ट सीटी, शहरी यातायात, जनशक्ति विकास तथा डेटा सेन्टर स्थापना लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

चिनिया“ पक्षबाट कुइचाओ प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पू“जीमार्फत नेपालको विकासमा सहयोग गर्न इच्छा व्यक्त भएको भन्दै महासंघले चिनिया“ एक्जिम बैंकको कुइचाओ शाखा नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको समेत चिनिया“ पक्षबाट जानकारी दिइएको जनाएको छ ।

भेटवार्तामा कुइचाओ विश्वविद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाइएको थियो । चिनिया“ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्या“स हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटी लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिमण्डलका नेता एवं कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा कुइचाओ प्रान्त सहयोग गर्न आतुर रहेको बताए ।

नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिवद्धताको प्रशंसा गर्दै महासंघकी अध्यक्ष राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको बताइन । उनले यहा“ लगानी, प“ूजी प्रविधि भित्रयाउ“दा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ भन्दै प्रधानमन्त्रीबाट हालै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा आपसी हितका विषयमा निकै धेरै सहकार्यका लागि प्रतिबद्धता र सहयोग सम्बन्धी सम्झौता समेत भएकाले अब त्यसलाई सफल कार्यान्वयनमा लैजान जरुरी रहेको बताइन ।

राणाले जनशक्ति विकास तथा महासंघमा डाटा सेन्टर स्थापनाका लागि प्रस्ताव गरिन । उनले उर्जा, कृषि, पर्यटन, शिक्षा, पूर्वाधार (सडक, रेल, पुल, टनेल) लगायतका क्षेत्र नेपालका प्रमुख लगानीका क्षेत्र भएको कुरा सरकारले समेत किटान गरेको बताइन ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको लागि आगामी दशक विकास दशकको रुपमा रहेकाले यहा“ रहेको प्रचुर सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनिया“ लगानीकर्ताहरूलाई आग्रह गरे । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ भन्दै गोल्छाले भने– सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशिल रहेको र लगानीको वातावरण पनि अत्यन्त अनुकुल रहेको छ भने ।

Advertisement

Advertisement

Advertisement