असार २५ सम्म ४३.२८ प्रतिशत धान रोपाईं सम्पन्न

Advertisement

काठमाडौं । कृषि विकास मन्त्रालयले असार २५ गतेसम्म धान गरिने क्षेत्रफलमध्ये ४३.२८ प्रतिशत क्षेत्रफलमा धान रापाईं सम्पन्न भएको जनाएको छ । धान रोपाईंका लागि योग्य कुल १५ लाख ५२ हजार ५६९ हेक्टर जमिनमध्ये ४३.२८ प्रतिशतमा रोपाईं सकिएको जनाएको हो ।

जसमध्ये उच्च पहाडमा ४६.६६ प्रतिशत, मध्य पहाडमा ४८.४८ प्रतिशत र तराईमा ४१.२० प्रतिशत रोपाईं भएको छ । यस बर्ष मनसुन सामान्य ढिलो भए पनि सुरु भएपछि निरन्तर बर्ष हुँदा रोपाईंमा राम्रै प्रगति भइरहेको छ ।

पूरानो विकास क्षेत्रकमा हिसावले पूर्वाञ्चलमा २५.५१ प्रतिशत, मध्यमाञ्चलमा ३९.०२ प्रतिशत, पश्चिमाञ्चलमा ५४.८७ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ४६ दशमलव ६५ र सुदूरपश्चिमाञ्चलमा ८५.१४ प्रतिशत रोपाईं सम्पन्न भएको छ ।

Advertisement

Advertisement

Advertisement