तीन महिनाभित्र सबैस्थानीय तहमा बैंकिङ सेवाः अर्थमन्त्री

Advertisement

काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले सबै स्थानीय तहमा तत्काल बैंकिङ सेवा पुर्याउने घोषणा गरेका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

अर्थामन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकको शाखाहरुलाई सुरक्षा दिने सरकारको योजना रहेको पनि उनले बताएका छन् । बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउदै लैजानुपर्ने उनले बताए ।

मन्त्री खतिवडाले पुस मसान्तसम्म सबै कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भएकाले सबै स्थानीय तहमा तीन महिनाभित्र बैंकहरु स्थापना गरिसक्ने बताए । कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले बैंकहरुलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्न नविकरणीय ऊर्जाको प्रयोग गर्न सकिने पनि बताएका छन् ।

सरकारले कर छली हुन नदिन सबै क्षेत्रमा प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको अर्थमन्त्री खतिाडाले जानकारी दिए । प्रविधिमैत्री बनाउने उद्देश्य अनुरुपनै मंगलबारबाटै सेयरको कारोबार पनि आलाइन प्रणालीबाट गर्न थालिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement