ओली पेलेरै जाने पक्षमा रहेको बेला प्रचण्ड एकाएक डा. गोविन्द केसीको पक्षमा देखिए

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डा. केसीका माग जायज भएको बताएका हुन् ।

डा. केसीले उठाएका माग जायज छन् यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ । दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने ।

माग जायज भए पनि मुलुकमा संसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।

आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement