पचास वटा कम्पनीको पानी पिउन अयोग्य

Advertisement

काठमाडौं । राजधानी तथा शहरी क्षेत्रमा व्यापारीले बिक्री गर्दै आएका जार र वोतलको पानी खराब र पिउन अयोग्य रहेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले (नास्ट)ले गरेको पछिल्लो अनुसन्धानले जार तथा वोतलको मिनिरल वाटरका पानी पिउन योग्य नभएको, प्रदूषित किटाणु तथा अखाद्यवस्तु रहेको पत्ता लगाएको हो ।

मानव स्वास्थ्यमाथि चरम लापरबाहि भइरहे पनि नियमन गर्ने सरकारी निकायहरु भने थाहा नपाएझैं गरिरहेका छन् । नास्टले कुल ५० वटा ब्राण्डका पानिको नमुना परिक्षण अनुसार ९२ प्रतिशत हानिकारक कोलिफर्म र ७४ प्रतिशत इकोलाई नामक जीवाणु रहेको पत्ता लागेको हो ।

नास्टले सो तथ्य गत वैशाख २४ गते नै सार्वजनिक गर्दै पानी कम्पनीबाट मानव स्वस्थ्यमा ठूलो खेलबाड भइरहेको भन्दै सम्बद्ध निकायलाई कारबाही गर्न आग्रह गरेको थियो । नास्टले तथ्यसहित कारबाहीको लागि माग गरे पनि सरकारी निकाय भने कारबाही गर्न तयार देखिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने नास्टको प्रतिवेदनको आधारमा कारबाही गर्न नसकिने भन्दै उक्त परिक्षण माथि नै प्रश्न उठाएको छ ।

जारको पानी नियमन तथा नियन्त्रण कुन निकायले गर्ने भन्नेसमेत हाल सम्म कुनै संबैधानिक निकाय छैन । खानेपानी तथा सरसफाई मन्त्रालयले सफा पानी वितरणर नियमनको काम गर्ने भनिएता पनि सो मन्त्रालयले समेत यस बिषयमा कुनै चासो देखाएको छैन ।

नियमन गर्ने र अनुमति दिने कार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका हो । तर सोमन्त्रालय पनि पानीमा भइरहेको बेथितिप्रति बेखबर जस्तै बनेर बसेको छ । जसका कारण पानी व्यापारीहरुले जनस्वस्थ्यमाथि मनलाग्दि गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement