अब काठमाडौं बाहिरका एनालग टेलिभिजन पनि बन्द हुने

Advertisement

काठमाडौं । सरकारले अब देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । टेलिभिजन डिजिटाइजेशनलाई बाध्यात्मक बनाउनकालागि सरकारले नेपालको पूर्वी भागबाट एनालग केबल टेलिभिजन बन्द गर्न सुरु गरेको हो ।

सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय सीमा दिएको थियो ।

सर्बप्रथम विराटनगर र इटहरी क्षेत्रमा एनालग केबल टेलिभिजन बन्द गरिएको सूचना तथा संचार प्रबिधि मन्त्रालयका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

“अब देशभरका एजालग टेलिभिजन सेवा दिने केवलहरु स्वीच अफ गर्दैछौं । एनालगको लाइसेन्स लिएकाहरुलाई डिजितलमा रुपान्तरण हुन बाध्यात्मक रुपमा गरिएको व्यावस्था कार्यान्वयनका लागि देशभर अनुगमन गर्दैछौं,” शर्माले भने ।

सर्वोच्च अदालतले एनलग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि सरकारलाई टेलिभिजनलाई डिजिटाइज गर्ने बाटो खुलेको हो ।

सरकारले गत कात्तिक १५ गतेपछि एनालग प्रविधिमा चलिरहेका नगरहरुका केबल टेलिभिजन बन्द गर्न समयसीमा दिएको थियो । यस्तै अघिल्लो बर्षको बैशाख १५ पछि काठमाडौंसहित ललितपुर वीरगंज, विराटनगर, पोखरामा एनालग टेलिभिजन बन्द गर्ने निर्णय भएको थियो ।

हालसम्म काठमाडौं बाहेकका नगरहरुमा यसको कडाइकासाथ कार्यान्वयन गरिएको थिएन । तर अब भने गाउँ वा नगर सबैतिर एनालग टेलिभिजन सेवा दिनेहरुको लाईन अफ गर्न सुरु गरिएको छ ।

सरकारले एनालग प्रबिधिबाट टेलिभिजन सेवा दिएका केबल टेलिभिजनहरुको यहि साउनबाट नवीरिण गर्न पनि बन्द गरेको छ । तर केही दुर्गम क्षेत्रका लागि भने सरकारले विशेष निर्णय गरी एनालग टेलिभिजन संचालन गर्न दिने तयारी गरेको छ ।

Advertisement

Advertisement

Advertisement