नेपाली भाषामा अनुवादित ‘श्रीमद्भागवतगीता’ र ‘सरल गीता’ नेपाली बजारमा

Advertisement

काठमाडौं । नेपाली भाषामा अनुवादित ‘श्रीमद्भागवतगीता’ र ‘सरल गीता’ नेपाली बजारमा आएको छ । गीताप्रेस गोरखपुरले प्रकाशन गरेका यी पुस्तकहरुको आइतबार पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजित कार्यक्रमममा विमोचन गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल, पशुपतिनाथ मन्दिरका मुल भट्ट रावल गणेश भट्ट, गीताप्रेसका प्रधानसम्पादक डा. लालमणि तिवारी, नेता हृदयश त्रिपाठीलगायतले पुस्तकको विमोचन गरेका हुन् ।

प्रत्येक नेपालीको घरमा श्रीमद्भागवतगीता हाम्रो अभियान भन्ने लक्ष्यसहित गीताप्रेस सेवा केन्द्र नेपाल र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको पहलमा यी पुस्तकहरु विमोचन गरिएको हो । कार्यक्रमका वक्ताहरुले चामलका बोरामा गाउँ गाउँसम्म विभिन्न धर्मका कितावहरु बाँड्ने काम भइरहेकोले त्यसलाई रोक्न पनि श्रीमद्भागवतगीता सर्वसुलवरुपमा सबै नेपालीको हातमा पुर्याउने बाताबरण निर्माण गर्नुपर्ने बताए ।

उनीहरुले उत्प्रेरणात्मक पुस्तकहरुको सार भनेकै गीता हो भन्दै सनातन वैद्धिक धर्म संस्कृतिको संरक्षण र आध्यात्मिक ज्ञानका लागि गीता जस्ता ज्ञानवद्र्धक पुस्तकहरु सर्वसुलवरुपमा उपलब्ध गराउनुपर्ने खाँचो वक्ताहरुले औंल्याएका थिए । अनुवादित ‘श्रीमद्भागवतगीता’को मूल्य २९ र ‘सरल गीता’को मूल्य ५६ रुपियाँ मात्रै कायम गरिएको छ ।

Advertisement

Advertisement

Advertisement