महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण

Advertisement

रुपन्देही । महालक्ष्मी बैँकले सोमवारदेखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।

महालक्ष्मि बैँकको शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट स्थानान्तरण भएको हो ।

देशका विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी बैंकको ग्राहक संख्या चार लाख ६० हजार भन्दा बढि रहेको छ ।

बैंकले गत आर्थिक वर्षमा २७ अर्ब २७ करोड रुपियाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement