अब बाणिज्य बैंकहरुले भारुमा पनि ऋण लिन पाउने, ऋण सिमा कुल प्राथमिक पूँजीको २५ प्रतिशत

Advertisement

काठमाडौं। बाणिज्य बैंकहरुले भारतीय रुपियाँमा पनि ऋण लिएर लगानी गर्न पाउने भएका छन् । मौद्रिक नीतिमा भएको ब्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै भारुमा पनि ऋण लिन पाइने ब्यवस्था लागू गरेको हो।

नयाँ प्राबधान अनुसार बैंकहरुले आफ्नो कुल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म भारुमा ऋण लिन पाउने छन् । विगत केहि बर्ष यता वित्तिय क्षेत्रमा लगातार रुपमा दोहोरिरहेकोे तरलता अभाव र देशमा भएको लगानी योग्य पूँजीको कमिलाई सम्बोधन गर्न यस्तो प्राबधान ल्याएको बुझिएको छ ।

यसअघि केन्द्रिय बैंकले डलरमा ऋण ल्याउन पाउने प्राबधान ल्याएको थियो । बाणिज्य बैंकहरुले डलर र भारुमा गरेर आफ्नो प्राथमिक पूँजिको २५ प्रतिशत सम्मको ऋण ल्याएर लगानी गर्न पउने छन् ।

डलरमा खोलिदिएपछि एनएमबी बैंकले डेढ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय वित्त निगमबाट पैसा ल्याइसकेको छ। अन्य बैंकले पनि प्रकृया अगाडि बढाएका छन्।

राष्ट्र बैंकले पूर्वाधार, सुरुङमार्ग, कृषि, पर्यटन लगायतका क्षेत्रमा यो पैसा लगानी गर्नु पर्ने वाध्यात्मक ब्यवस्था गरेको छ। यस्तो ऋण बर्ष दिनदेखि ५ बर्षसम्मका लागि लिन पाइनेछ।

ऋणको ब्याज दर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइन्छ।

Advertisement

Advertisement

Advertisement