भदौ ७ गते देखि ‘बृहत तिज व्यापार मेला’ आयोजना हुँदै

Advertisement

काठमाडौं । महिला शिर्जनशिल केन्द्रको आयोजनामा आगामी भदौ ७ गते देखि १० गते सम्म भृकुटिमण्डपमा १७औं तिज महोत्सव ‘बृहत तिज व्यापार मेला’ को आयोजना हुने भएको छ । जापानको प्रसिद्ध ब्रण्ड मिनीसो र डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजनमा मेला सञ्चालन हुन लागेको हो ।

सन २००२ बाट महिला शिर्जनशिलता र उद्यमशिलता लाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो मेला आयोजना हुँदै आएको छ । मेलामा दुई सय भन्दा बढि स्टलहरु तथा एक लाख बढी आगन्तुकले अवलोकन गर्ने बताइएको छ । त्यस्तै मेलामा महिलाद्धारा सञ्चालित पाँच उकृष्ट व्यवसायलाई अवार्ड दिने पनि आयोजकले आयोजकले जनाएको

त्यस्तै मेलामा अवलोकन गर्न आउनेहरुलाई निशुल्क स्वस्थ्य शिविर, निशुल्क फोटो सुट, निशुल्क मेहेन्दि आर्ट, निशुल्क हेयर कटिङ्ग, लगायत हात खालि नजाने उपहारहरु राखिएको छ ।

Advertisement

Advertisement