राष्ट्रिय बाणिज्य बैंकमा सबैभन्दा सस्तो ब्याजदरको कर्जा, सबैभन्दा महंगो सेन्चुरी बैंकको

Advertisement

काठमाडौं । बैंकहरुले ऋणको ब्याजदर बढाएको भन्दै निजी क्षेत्रका अगुवाहरुले आलोचना गरिरहेको बेला सरकारी स्वामित्वको बैंक राष्ट्रिय बाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा सस्तो देखिएको छ ।

कर्जाको आधार दर (बेसरेट)अनुसार बाणिज्य बैंकहरुमा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय बाणिज्य बैंकको देखिन्छ भने महंगो सेन्चुरी बैंकको देखिन्छ । कृही समयअघि तरलता संकुचनको समस्या रहेको बेला निक्षेपकर्ता आकर्षित गर्न निक्षेप खाताहरुमो ब्याजदर बढाउने क्रमसँगै ऋणको ब्याजदर पनि अस्वाभाविकरुपमा बढाइएको छ ।

पछिल्लो समयमा तरलता संकुचनको समस्यामा सुधार भए पनि बढाइएको ब्याजदर भने घटाउन बैंकहरुले आनाकानी गर्दै आएका छन् । सरकारले चालु आर्थिक वर्षदेखि लागु हुने गरि स्प्रेडदर तोकिसकेको छ ।

बेसरेटअनुसार राष्ट्रिय वाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर ६.२० प्रतिशत रहेको छ भने सेन्चुरी बैंकको १२।०८ प्रतिशत रहेको छ । सरकारको मुख्य लगानी रहेको कृषि विकास बैंकको ऋणको ब्याजदर पनि निकै महंगो छ । उसको बेसरेट ११.७३ प्रतिशत छ ।

निजी क्षेत्रका बैंकहरुमा स्टाण्र्डर्ड चाटर्ड बैंक र नविल बैंकको बेसरेट सबैभन्दा कम छ । उनीहरुको आठ प्रतिशतभन्दा छ भने नेपाल बैंकको पनि आठ प्रतिशतभन्दा कम छ । गएको चैतमा सबै बाणिज्य बैंकहरुको सरदर बेसरेट १०.४५ रहेकोमा तीन महिनापछि गएको असारसम्ममा सामान्य कमी आई १०.४१ कायम भएको छ ।

बैंकहरुले कर्जाको ब्याजदर बेसरेटमा आधारित भएर तोक्ने गर्छन् । न्यूनतम बेसरेटमा कर्जाको शीर्षक र समय हेरेर २ देखि ५ प्रतिशचतसम्म ब्याजदर जोड्ने गरेको देखिन्छ ।

rbb

Advertisement

Advertisement

Advertisement