एनआईसी एसिया बैंक र प्राइम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र प्राइम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको दुई सय ३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।

हाल बैंकले मुलुकभर दुई सय ३७ शाखा कार्यालयहरु, दुई सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस सँगै एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार एक खर्ब ८२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक खर्ब ५४ अर्ब तथा कर्जा एक अर्ब २७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement