घलेम्दीले १५ लाख ५५ हजार कित्ता आइपीओमा निष्कासनका लागि अनुमति माग्यो

Advertisement

काठमाडौं । घलेम्दी हाइड्रोले १५ लाख ५५ हजार सात सय ७० कित्ता रेयर आइपीओमा निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यस अघि आयोजना प्रभावित स्थानीयहरुको लागि पाँच लाख ५० हजार कित्ता सेयरको आइपीओमा बिक्री खुला गरेको घलेम्दीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो ।

कम्पनीले हाल निष्कासनका लागि अनुमति मागेको सेयरमा यस अघि आयोजना प्रभावित स्थानीयका लागि जारी गर्दा नबिकेको चार लाख ५५ हजार सात सय ७० कित्ता सेयर पनि समावेश गरिएको छ ।

यसको बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ ।

Advertisement

Advertisement

Advertisement