सिप्रदी ट्रेडिङ र मुक्तिनाथ विकास बैंकबीच गाडी कर्जा सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । सिप्रदी ट्रेडिङ र मुक्तिनाथ विकास बैंकबीच सस्तो व्याजदरमा गाडी कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

टाटा मोटर्सको नेपालका लागि अधिकृत बिक्रेता सिप्रदीले ल्याएको ‘आफ्नो गाडी आफैं सवारी’ नामक व्यावसायीक अभियान अन्तर्गत बैंकले प्रत्येक सुमो गाडी खरिद गर्ने ग्रहकलाई सस्तो दरको गाडी कर्जा उपलब्ध गराउने भएको छ ।

व्यावसायीक प्रयोजनका लागि टाटा सुमो गाडी खरिद गर्ने ग्राहकलाई बैंकले १० प्रतिशतको सस्तो व्याजदरमा गाडीको मूल्यको ७० प्रतिशत रकम कर्जा प्रदान गर्ने जनाइएको छ ।

सिप्रदिले यस अभियान अन्तर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ लाइसेन्स तालिम, निःशुल्क मेकानिकल तालिम र सुलभ फाइनान्सको सुविधा प्रदान गर्ने छ ।

स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरु बैदेशिक रोजगारीका लागी बिदेसिनुपर्ने बाध्यतालाई कम गर्न कम्पनीले उक्त योजना ल्याएको दाबी गरेको छ ।

Advertisement

Advertisement

Advertisement