कानेगुजी के का लागि ? झिक्ने कसरी ?

Advertisement

एजेन्सी । कान बन्द भएको अवस्था भोग्नु भएको छ भने तपाईँलाई लाग्दो हो, कानेगुजी के का लागि हो ?

कानको भित्री भागलाई कानेगुजीले धुलो फोहोर र किराहरुबाट जोगाउँछ । ब्याक्टेरिया र ढुसी प्रतिरोधी विशेषता पनि यसको हुन्छ ।नाक कान घाँटी विशेषज्ञ सान सुनकारानेनी भन्छन्, कानको धुलोबाट बाहिर कानेगुजी निस्कने सामान्य प्रक्रिया भनेको भित्रि भागको छाला बिस्तारै बाहिरतिर सर्छ । र, त्यहि प्रक्रियाले नै कानेगुजी बाहिर ल्याउँछ ।

त्यसो भने कानेगुजी सफा तपाईँले के गर्नुपर्छ त ? कानेगुजी निकाल्न धेरै मानिसले केही पनि गर्नुपर्दैन । तर धेै मानिसले सानो पाइपमा कपासको डल्लो राखिएको बड प्रयोग गर्छन ।तर धेरै मानिसले सानो पाइपमा कपासको डल्लो राखिएको ‘बड’ प्रयोग गर्छन् । र, त्यसलाई दुर्भाग्यवश केही मानिस ‘इयर बड’ पनि भन्छन् । ती बस्तु कानेगुजी सफा गर्न प्रयोग गर्नु हुँदैन ।

कानको नली साँघुरो हुँदा वा संक्रमणका कारण धेरै मासिनको कान बन्द हुन्छ । यसका कारण श्रवणशक्ति गुम्न सक्छ र चापका कारण असहज महसुस हुनसक्छ ।बडले कानेगुजीलाई झन भित्र धकेलेर कान बन्द हुने अवस्था आउनसक्छ ।इयर क्यान्डल भनिने मैनबत्तीले आराम दिनेजस्तो लाग्छ । तर त्यसले कानमा क्षति पुरयाउन सक्छ ।घरमा मानिसहरु आफैले गर्नसक्ने भनेको कानेगुजीलाई नरम बनाउने प्रक्रिया हो । जस्तै उदाहरणका लागि जैतुनको तेलको थोपा हाल्न सकिन्छ ।

कानेगुजी पगाल्ने सोडियम बाइकार्वोनेट जस्ता अलि कडा खालका यौगिक पनि प्रयोग गर्न सकिन्छ । वा हाइड्रोजन पेरअक्साइड र यी सबै व्यापारिक रुपमा उपलव्ध छन् ।यसले नभए विशेषज्ञहरुले कानेगुजी निकाल्न मसिनो पाइपले तान्ने विधि माइक्रो सक्सन अपनाउँछन् ।

Advertisement

Advertisement

Advertisement