प्रभु बैंक र एनबीआईबीच तालिम सञ्चालनसम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । प्रभु बैंक र नेशनल बैंकिङ ईन्स्टिच्युट (एनबीआई)बीच बुधबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकको मावन संसाधनको विकासका लागि एनबीआईले विभिन्न तालिम कार्यक्रमहरु सञ्चालन गर्ने छ । त्यस्तै, एनबीआईले प्रभु बैंकका कर्मचारीहरुलाई वार्षिक न्यूनतम ५० लाख रुपियाँको तालिम कार्यक्रम कार्यक्रम गराउने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनबीआईकातर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement