डलरसँग नेपाली मुद्रा इतिहासमै कमजोर, प्रतिडलर ११३ रुपियाँ सटही दर निर्धारण

Advertisement

काठमाडौ । अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुने क्रम बढ्दै गएर इतिहासमै सबैभन्दा कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सटही दर प्रतिडलर ११३ रुपियाँ २५ पैसा तोकेको छ ।

यसअघि नेपाली मुद्रा यति सस्तो भएको थिएन । डलरसँग नेपाली मुद्रा कमजोर हुँदा रेमिटान्स, निर्यात व्यापार र वैदेशिक लगानीबाट केही फाइदा हुने भए पनि बाँकी धेरै कुरामा भने असर पर्छ । अमेरिकी अर्थतन्त्र बलियो हुँदै भारतीय रुपियाँसहित अन्य मुद्राहरु पनि कमजोर बन्दै गएका छन् ।

नेपालको अर्थतन्त्र आयातमूखी भएकाले डलरको भाउ बढ्दा आयातमा बढी भुक्तानी गर्नुपर्ने र व्यापार घाटा बढ्ने देखिन्छ । नेपालको कुल वैदेशिक व्यापारको झण्डै दुईतिहाई भारतसँग हुँदै आएकोले भारुसमे डलरसँग कमजोर हुँदा त्यसको प्रभाव नेपालमा देखिन थालेको छ । यद्यपि भारतसँग स्थिर विनिमयदर रहेकोले ठूलो प्रभाव भने परिहाल्ने अवस्था छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीतिका कारण विश्वभर डलरको माग बढेर गएको हो । चीनलगायतका मुलुकसँग अमेरिकाको व्यापार प्रतिस्पर्धा, ल्याटिन अमेरिकी मुलुकसँगको व्यापारमा अमेरिकी आकर्षण, आफ्ना नागरिकलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन गर्ने ट्रम्पको नीतिका कारण डलर बलियो हुन पुगेको हो ।

Advertisement

Advertisement