श्रीमतीको जन्मदिन भुल्नेलाई जेल सजाय

Advertisement

एजेन्सी । विश्वका केही देशहरुका यस्ता कानूनहरु छन् जुन सुन्दा अचम्म लाग्छ, त्यस्ता कानूनको पालना कसरी होला ? तर त्यस्ता कानून पनि मानिसहरुले सहिरहेकै छन् ।

सामोआ नामको देशमा यस्तो अनौठो कानून छ कि त्यहाँ पत्नीको जन्मदिन भुल्नुलाई अपराध ठहर गरिन्छ । कोही पुरुषले यदि पहिलोचोटि आफ्नी श्रीमतीको जन्मदिन भुलेको हो भने त्यसलाई चेतावनी दिइन्छ ।

यदि उसले यस्तो गल्ती फेरि दोहोरायो भने त्यसलाई जरिवाना वा जेल सजाय दिइन्छ ।

अस्ट्रेलियामा भने अनौठो कानून छ । त्यहाँ फ्युज गएको विजुलीको बल्व फेर्न समेत लाइसेन्सवाला इलेक्ट्रिसियन्स गुहार्नु पर्छ । लाइसेन्स नभएकाहरुले विजुलीको सामान्य भन्दा सामान्य काममा समेत हात हाल्ने अधिकार छैन ।

फिलिपिन्स दुनियाको एउटा यस्तो देश हो जहाँ अहिलेसम्म सम्बन्ध विच्छेदको लागि कुनै कानून छैन । विवाह पछि पति पत्नी अलग हुनसक्छन् तर डिभोर्सको कानूनी प्रावधान भने छैन । चाहे तपाइँ आफ्नो वैवाहिक सम्बन्धबाट धेरै पीडित किन नहुनुस् डिभोर्स लिनु असम्भव छ । भ्याटिकन सिटीमा पनि सम्बन्ध विच्छेदको कानूनको अभाव छ ।

Advertisement

Advertisement

Advertisement