मोटरसाइकल चोरी नियन्त्रण गर्न रिकन्डिसन व्यवसायीहरुले प्रहरीसँग सहकार्य गर्ने

Advertisement

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायीहरुले मोटरसाइकल चोरी नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गर्ने प्रतिवद्धता व्याक्त गरेका छन् । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको १४औं वार्षिक साधारण सभाको अवसरमा व्यवसायीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संघका अध्यक्ष बी. एन. पाठकले मोटरसाइकल चोरी नियन्त्रणका लागि ट्राफिक प्रहरीसँग समन्वय गरी पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले यातायात कार्यालयसँग समन्वय गरी व्यावसायिक हकहितका लागि पहल गर्ने पनि बताए ।

सो अवसरमा ट्राफिक प्रहरी महाशाखाका चोरी नियन्त्रण शाखाका प्रमुख तथा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीले मोटरसाइकल चोरी नियन्त्रणका लागि रिकन्डिसन व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउदै आगामी दिनमा संघ र ट्राफिक प्रहरी बीचमा सहकार्य गर्न सकिने बताए ।

महानगरीय प्रहरी प्रभाग सोह्खुट्टेका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले समाज र राष्ट्रका लागि समेत रिकन्डिसन व्यवसायीहरुको भूमिका महत्वपूर्ण भएको बताए ।

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष तथा नाडा कार्यसमिति सदस्य दीपक अग्रवालले मोटरसाइकल आयातकर्तासँगै रिकन्डिसन व्यवसाय समेत विस्तार भइरहेको समयमा दुवै पक्ष मिलेर अगाडि बढ्नु पर्ने बताए ।

सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्ने व्यवसायीहरुको हक हितका लागि स्थापना भएको संघमा १ सय १७ संस्था सदस्य छन् । काठमाडौं उपत्यकामा मात्र कार्यरत रहेको संस्थालाई आगामी दिनमा उपत्यका वाहिर समेत विस्तार गर्ने योजना रहेको पाठकले बताए ।

Advertisement

Advertisement

Advertisement