आदेश उल्लंघन गरेको भन्दै सर्वोच्चले सरकारलाई दियो चेतावनी

Advertisement

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सरकारलाई सर्वोच्चको आदेश उल्लंघन गरेकोमा कडा चेतावनी दिएको छ ।

अदालतले नेकपा विप्लव समुहका प्रवक्त प्रकाण्डलाई थुनामुक्त गर्न दिएको वन्दी प्रत्यक्षीकरण आदेशको पटक पटक उल्लंघन गरेको भन्दै यस्तो चेतावनी दिएको हो ।

यस अघि पनि कानुन कार्यान्वयन गर्ने नकायबाट आदेशलाई असम्मान गरेकोमा गम्भीर सरोकार व्यक्त गरेको थियो । यसअघि सर्वोच्चले पनि पटक–पटक थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

गैरकानुनी थुनाबाट मुक्त गर्न आदेश दिँदादिँदै त्यसलाई उल्लंघन गरेर पुनः पक्राउ गरेको भन्दै सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न भनेको छ ।

Advertisement

Advertisement

Advertisement