माछापुच्छ्रे बैंकको खाता अब घरमै बसी खोल्न सकिने

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाईन मार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने सेवा ल्याएको छ । अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भरी खाता खोल्न सकिने बैंकले जनाएको छ ।

इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट/आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । त्यस्तै बैंकले बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरि सात प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा पाच प्रतिशतदेखि अधिकतम सात प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा सात प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १० दशमलव ५० प्रतिशतसम्मको ब्याज दिदैं आएको छ ।

बैंकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु, ९९ वटा एटीएमलगायत २८ शाखा रहित बैंकिङ इकाईहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement