पहिलो दुई महिनामा ४७ अर्बभन्दा बढी राजश्व संकलन

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभागले चालू आवको पहिलो दुई महिनामा ४७ अर्ब रुपियाँभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले चालू आवको पहिलो महिना साउनमा २९ अर्ब ९९ करोड रुपियाँ र दास्रो महिना भदौको २८ गतेसम्ममा १५ अर्ब ८ करोड रुपियाँ राजश्व संकलन गरेको हो ।

विभागले चालू आवको पहिलो महिना साउनको लागि २८ अर्ब ६४ करोड रुपियाँ र दोस्रो महिना भदौको लागि १८ अर्ब ३८ करोड रुपियाँ संकलन गर्ने लक्ष्य लिएको थियो

विभागले असोज महिनामा २२ अर्ब २६ करोड रुपियाँ राजश्व ठाउने लक्ष्य लिएको छ । अर्थ मन्त्रालयले चालू आवको लागि आन्तरिक राजश्व विभागलाई चार खर्ब आर अर्ब रुपियाँको राजश्व संकलन गर्ने जिम्मा दिएको छ ।

चालू आवमा सरकारले आठ खर्ब ३१ अर्ब ३१ करोड रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये मुल्य अभिवृद्धि कर(भ्याट)बाट दुई खर्ब ८४ अर्ब ६९ करोड रुपियाँ, अन्तःशुल्कबाट एक खर्ब ३४ अर्ब ९५ करोड रुपियाँ तथा आय मुनाफा र पूँजीगत लाभ करबाट दुई खर्ब १८ अर्ब दुई करोड रुपियाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै सरकारले अन्य राजश्बाट एक खर्ब सात अर्ब रुपियाँ र वैदेशिक व्यापारमा आधारित कर एक खर्ब ६४ अर्ब रुपियाँ संकलन गर्ने उद्देश्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement