तीन किलो अवैध सुनसहित दुई जना पक्राउ

Advertisement

काठमडौं । तीन किलो अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन पिप्ले र टोखा सडकमा निगरानी गरेर सोमबार साँझ मोटरसाइकलमा सवार दुई जनाबाट १२ टुक्रामा रहेको तीन किलो अवैध सुन बरामद गरेको हो ।

बा ७३ प ३४०२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्दा उक्त परिमाणमा सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुनसहित पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका घर भइ हाल काठमाडौंको मित्रनगरस्थित कोपिला गेष्ट हाउस बस्ने २४ वर्षिय नरबाहादुर घले र २० वर्षीय पेम्बा तामाङ रहेका छन् ।

प्रहरीले बरामद गरेको उक्त तीन किलो सुन उनीहरुले चिनियाँ नागरिकबाट लिएर काठमाडौंसम्म ल्याएको खुलेको छ । रसुवामा घर बनाउने ठेक्काको काम गर्दै आएका नरबाहादुर र पेम्बाले केरुङबाट काठमाडौंसम्म सुन ल्याउन प्रतिकालो ५० हजार रुपियाँ लिने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै यस अघि उनीहरुले केरुङबाट एक तिब्बतीयन नागरिकले दिएको एक किलो सुन काठमाडौंको माछापोखरी ल्याएर अर्का तिब्बतीयन नागरिकलाई जिम्मा लगाइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसबात उनीहरुले ५० हजार रुपियाँ लिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement