विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाले गर्यो पाँच स्थानको सुधार

Advertisement

काठमाडौं । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरुमध्ये १०२औं स्थानमा रहेको छ । गत वर्ष यस प्रतिवेदनमा नेपाल १५९ राष्ट्रहरु मध्ये १०७ औं स्थानमा रहेको थियो ।

समृद्ध्रि फाउण्डेशनले क्यानाडाको फ्रेजÞर इन्स्टिच्युटसँग सहप्रकाशन गरी आज सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ अनुसार नेपाल अघिल्लो वर्षको नुलनामा ५ स्थान माथी चढेको हो । समृद्ध्रिले लगातार एघारौं पटकको लागि नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो ।

नेपाल यस वर्षको प्रतिवेदनमा कूल १० अंकमा ६.५३ अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२औं स्थानमा रहेको छ । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७औं स्थानमा रहेको थियो । त्यस अघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८औं स्थानमा रहेको थियो ।

प्रतिवेदनका अनुसार विश्वभरमा सबैभन्दा उच्चदरको आर्थिक स्वन्तन्त्रता कायम गरेका दश उत्कृष्ट राष्ट्रमा हङकङ, सिंगापोर, न्युजिल्यान्ड, स्विजÞरर्लैड, आयरल्याण्ड, संयुक्त राज्य, जर्जिया, मरिसियस, संयुक्त अधिराज्य, अष्ट्रेलिया र क्यानडा रहेका छन् ।

अन्य केहि उल्लेख्य राष्ट्रहरुमा जर्मनी (२०औं), जापान (४१औं), फ्रान्स (५७औं), रसिया (८७औं), भारत (९६औं) र चीन (१०८औं) स्थानमा रहेका छन् । त्यसै गरी, सुडान, गिनी–बिसाउ, अंगोला, सेन्ट्रल अफ्रिकि रिपब्लिक, रिपब्लिक अफ कंगो, सिरिया, अल्जेरिया, अर्जेन्टिना, लिब्या र भेनेजुएला लगातार अन्तिम १० स्थानमा रही सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशका रुपमा अगाडी आएका छन् ।

केहि निरङ्कुश शासन भएका राष्ट्रहरु जस्तै उत्तरी कोरिया र क्युबाहरुको आंकडा नभएको हुदा मापन भएको छैन ।

Advertisement

Advertisement

Advertisement