टीभीएस र जगदम्बा मोटर्सको तिन बर्ष पुगेकोमा दरवारमार्ग स्ट्रीट फेस्टिभलको आयोजना

Advertisement

काठमाडौं । दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले नेपालको लागि आधिकारीक वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गरेको छ । उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

उक्त सडक म्यूजिक फेस्टिभल काठमाडौं स्थीत दरबारमार्गमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतीय चर्चित र्यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । साथै, बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन बर्षे बलियो सहर्कायमा बिभिन्न उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ, जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० ४भि रहेको छ । कम्पानीको सहकार्य तथा नेपाली सर्मथक तथा ग्राहकहरुका लागी यो उत्सव आयोजना गरिएको हो ।

देशभरमा टीभीएस मोटर कम्पनीको पोर्टफोलीयोमा यी टु ह्वीलर तथा थ्रि ह्वीलरहरु उपलब्ध रहेका छन् ।
टीभीएस अपाचे आरआर ३१०, टीभीएस अपाचे आरटिआर १६० २भी, आरटिआर ४भी, आरटिआर १८० र २०० ४भी, टीभीएस स्ट्राइकर, टीभीएस स्टार सिटी पल्स, टीभीएस भिक्टर, टीभीएस एनर्टक १२५, टीभीएस वीगो, टीभीएस जुपिटर वेस,जेडएक्स क्लासीक, टीभीएस ड्याज, टीभीएस जेस्ट ११०, टीभीएस एक्सएल १००, टीभीएस एक्सएल १०० हेभि ड्यूटी रहेको छ । साथै कम्पनीले २०० सीसी थ्री ह्वीलर टीभीएस किंग बिक्रि गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement