दुई लाख लगानी गरेको काउली बुढीको 'मायाको चेक' सार्वजनिक

Advertisement

काठमाडौं  । युवा गायक कपिल कसपालको नयाँ गीत ‘मायाको चेक’ आज सार्वजनिक भएको छ । रफत सञ्चार क्लबमा आज मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरेको हो । गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा कमाएकी सन्ध्या बुढा ( काउली बुढि) को समेत स्वर रहेको छ ।

गीतमा नयन डि सि र रुपम श्रृष्टि खड्काको अभिनय रहेको छ। भने,निर्माता तथा निर्देशक कसपाल आँफै हुन्  । ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा छायाङ्कन गरिएको जानकारी दिँदै उहाँले दुई लाखको लगानीमा भिडियो तयार पारेको कसपालले जानकारी दिए  । बिबेक साउन्ड स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको यो गीत रेकडिङ र मिक्सिङ बिबेक शाक्यले गर्नुभएको हो भने हेम लामाले एरेन्ज गरेका छन् । गीतको नृत्य संयोजन भने बुगिवुगिका नृत्य निर्देशक प्रशान्त तामाङले गरेको कपिल कसपालले जानकारी दिए छ ।

 

Advertisement

Advertisement

Advertisement