किन आउछ सेतो दुवी ?  यस्ता छन् कारण र बच्ने उपायहरु

Advertisement

एजेन्सी । जब शरीरमा छाला रङ्गाने कोशहरु नस्ट हुन्छ तब सेतो दुवी सृजना हुन्छ । यो कोशहरुलाई मेलानोसाइटस भनिन्छ । यसको वास्तविक कारण अहिलेसम्म थाहा भएको छैन् तर सेतो दुवी हुँदा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले नै छालामा भएको मेलानोसाइटस नस्ट गर्छ । त्यसैले यो रोगलाई स्वक्षम रोग भनेर उल्लेख गरिएको छ ।

यो जुनसुकै उमेर जाती र लिङ्ग लाई हुन सक्छ । सेतो दुवी वंशाणुगत पनि हुन सक्छ । छालामा भएको सेतो दाग सेतो दुवी हो । यस्ता दागहरु प्रायजसो शरीरको त्यस्तो खुल्ला भागमा देखापर्छ । जुन सजिलै घामको सम्कर्पमा आउँछ, जस्तैः हात, खुट्टा, पाखुुरा , अनुहार र ओठ । सेतो दाग देखापर्ने अन्य भागहरु काखी ,तिघ्राको काप , मुख वरिपरि , आँखा , नाकको प्वाल , नाईटो , जननेन्द्रियमा हुन्छ । सेतो दुवी भएको व्यक्तिको कपाल चाँडै नै फुल्छ । यो संसर्गं सर्दैन र जीवलाई घात पनि गर्दैैन । सेतो दुवी पारिवारिक र औषधी सेवनको अभिलेखबाट पनि पत्ता लगाउन सकिन्छः

कसरी गरिन्छ दुवीको उपचार ?

सेतो दुवी एक पटक पहिचान भइसकेको अवस्थामा लगाउने स्टिरोइड नामक औषधिले उपचार गरिन्छ । यो बाहेक औषधिले काम नगरेको अवस्थामा लाइटले सेक्ने विधिको प्रयोग गरिन्छ । यस्तो विधि वर्षौंसम्म गर्नुपर्ने हुन्छ । अनुहार र शरीरको अन्य भागमा सनस्क्रिन प्रयोग गरी घामबाट सुरक्षित हुनु पर्दछ । कहिलेकाँही उपचारले काम नगरेको अवस्थामा छालाको प्रत्यारोपण गरेर छालालाई पहिलेको अवस्थामा पुर्याउन सकिन्छ । सेतो दुवी भएको मानिसहरुले कस्मेटिक्स र UVY र UVB भएको सनस्क्रिन प्रयोग गरी यस रोगलाई न्यूनीकरण गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement