जनरल इन्स्योरेन्स कम्पनी र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । कम्पनी तथा बिकास बैंकबीच असोज १९ गते शुक्रबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीव नबीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Advertisement

Advertisement

Advertisement