नेपालले थाइल्याण्डलाई दियो १७३ रनको लक्ष्य

Advertisement

काठमाडौ । सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ ।

मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा सबैै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

यस अघि शनिबार भएको दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई आठ विकेटले पराजित गरेपछि उत्साहित टोलीले आज पनि आक्रमक ब्याटिङ गरेको थियो ।

नेपालको स्कोर मजबुत अवस्थामा पुर्याउने क्रममा आठौं क्रममा आएका करण केसीले १४ बलमा शानदार ४० रन बनाए । उनले त्यसक्रममा लगतार तीन छक्का पनि हाने । नटआउट रहेक उनले ४ छक्का र २ चौका प्रहार गरे ।

त्यसैगरी नेपालका लागि शरद भेसवाकरले २८ बलमा ३४ रनको योगदान दिए । दिपेन्द्रसिंह एरीले ३० रन बनाए भने ओपनर अनिल साहले पनि २५ रनको पारी खेले ।

थाइल्यान्डका लागि पायुपुथ सुङ्गार्दले सर्वधिक चार विकेट लिए । उसका लागि भिचनाथ सिंहले पनि दुई विकेट लिन सफल भए ।

Advertisement

Advertisement

Advertisement