चिनी उत्पादकको शर्तः किसानलाई बक्यौता भुक्तानी दिन सरकारले सबै चिनी किनिदिनुपर्छ

Advertisement

काठमाडौं । चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न नसक्ने जनाएको छ । सरकारले पाँच दिनभित्र किसानको उखुको बक्यौता रकम नतिरे कार्वाही गर्ने तयारी गरेसँगै संघको यस्तो भनाइ आएको हो ।

चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबारको बैठकमा बोल्दै सरकारको निर्देशनप्रति नै आपत्ति जनाए । उनले किसानको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी खरिद गर्नुपर्ने बताए ।

अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी विक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए ।

किसानहरुको १ अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ । संघले चिनीको मूल्य वृद्धि नभएको दावी पनि गरेको छ ।

अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गरेको पनि जानकारी दिए । बै

Advertisement

Advertisement

Advertisement