ज्योती विकास बैंकमा रोजगारीको अवसर

Advertisement

काठमाडौं । ज्योती विकास बैंकले विभिन्न शाखा कार्यालयहरुको लागि २० जना शाखा प्रबन्धक माग गरेको छ । सहायक तथा जुनियर अफिसर तहमा २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इन्चार्ज माग गरेको हो ।

बैंकले भैरहवा, आवुखैरेनी, बोडे, महाराजगञ्ज, बनेपा, गाईघाट, रमगोपालपुर, खोर्साने, फापरबारी, बागदुला, कावासोती, सिन्धुली, धरान, वालिङ, गल्छि, हरिवानलगायतका शाखा कार्यालयको लागि अफिसर, सहायक र जुनियर अफिसरमा कर्मचारी माग गरेको हो ।

ब्रान्च म्यानेजरको लागि कम्तिमा स्नातकोत्तर उत्तिर्ण गरी बैंकिङ क्षेत्रमा न्युनतम पाँच वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ । बैंकमा रोजगारीको लागि कात्तिक ८ गतेसम्म बैंकको वेवसाईटमार्फत आवेदन दिन सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement