दशैंमा आउने सवा दुई खर्ब रेमिटान्स भित्र्याउन कम्पनीहरुबीच प्रतिस्पर्धा

Advertisement

काठमाडौं । अन्य समयमाभन्दा दशैंमा खर्च बढी हुने भएको कारण केही वर्ष यता दशैंमा रेमिटान्स बढी भित्रिने गरेको छ । सामान्य समय भन्दा दशैंमा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म बढी रेपटान्स भित्रने गरेको छ ।

रेमिटान्स सेवा प्रदायक कम्पनीहरुका अनुसार दशैं अघिका दुई साता रेमिटान्स बढी भित्रिने गर्छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल रेमिटान्सको ४० प्रतिशत हिस्सा दशैंको समयमै भित्रने गरेको छ ।

नेपालको ५० प्रतिशतभन्दा बढी घरधुरीको प्रमुख आयास्रोत रेमिटान्स रहेको एक अनुसन्धान बाट खुलेको छ । उक्त आयमध्ये दशैंमा सबैभन्दा बढी भित्रिने गरेको राष्ट्र बैंकको तथयांक छ । डलरको मुल्य बढेको कारण यस वर्ष दशैंमा पहिलाको तुलनामा बढी रेमिटान्स भित्रने सेवा प्रदायक कम्पनीहरुले बताएका छन् ।

छुट, उपहारलगायत योजनाले पनि अन्य समयमाभन्दा दशैंको समयमा रेमिटान्स आप्रवाह बढ्न गएको हो । वेस्टर्न युनियन मनी ट्रान्सफरका नेपाल–भुटान कन्ट्री प्रमुख कवीन्द्र श्रोष्ठले सामान्य अवस्थामामन्दा दशैंमा कुल रेमिटान्सको ४० प्रतिशतसम्म रेमिटान्स भित्रने गरेको हो ।

विदेशमा रोजगारी गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दशैंका लागि विशेष रुपले पैसा पठाउछन् । सो कारणले पनि अन्य समयभन्दा दशैंमा बढी रकम पठाउने गरेको उनले बताए ।

‘संसारभरि छरिएर बसेका नेपाली सबै मुलुकमा पुग्न सके अझ बढी रेमिटेन्स भित्रिन्छ’, श्रेष्ठले भने‘पछिल्लो समय रेमिट्यान्समा अझ सुधार आएको छ ।’ ‘अस्वस्थ प्रतिस्पर्धा हुुनु हुँदैन भन्ने हाम्रो मान्यता हो’, उनले भने ‘कानुुन पूर्णरूपले पालना गर्नुुपर्छ । कम्पनीले पाँच सयभन्दा बढी ठाउँबाट वेस्टर्न युुनियन मनी ट्रान्सफरमार्फत नेपालमा प्रत्येक सेकेन्ड ३२ वटा रेमिट्यान्सको कारोबार हुँदै आएको छ ।’

मुुलुुकमा भित्रिने कुुल रेमिट्यान्समा ४० प्रतिशत हिस्सा रहेको दाबी गर्ने आईएमई रेमिटले पनि अन्य समयमा भन्दा दशैंमा करिब ५० प्रतिशत बढी रेमिट्यान्स भित्र्ने गरेको आईएमई ग्रुपका राजु पौडेलले बताए ।

दसैंकै लागि रेमिट कम्पनीहरूले बजारमा विभिन्न नयाँ स्किम ल्याएका छन् । पहिला घर घरेडीसम्म उपहार ल्याएका रेमिट कम्पनीले यस वर्ष भने नगदलाई बढी जोड दिएका छन् । कुुनै कम्पनीले दुुई महिना त कुुनैले पूरै ९० दिनको योजना सार्वजनिक गरेका छन् । यस्तै उपहार योजनाले गर्दा पनि चाडपर्वमा बढी रेमिट्यान्स भित्रिने गरेको हो ।

वेस्टर्न युुनियन मनी ट्रान्फरले असोज ७ गतेदेखि कात्तिक मसान्तसम्म बम्पर उपहारस्वरूप एक जनालाई पाँच लाख रुपियाँ नगद उपहार दिने भएको छ । दैनिक कारोबारका आधारमा एक जनालाई चिठ्ठामार्फत १५ हजार रुपियाँ नगद उपहार दिने व्यवस्था मिलाइएको छ ।

गत वर्षअघि ग्राहक आकर्षित गर्न काठमाडौंमै चार आना घडेरी र कार उपहार दिने योजना ल्याएको सिटी मनी एक्सप्रेसले यस वर्षमा नगदमा जोड दिएर नगद उपहार ल्याएको छ । एक्सप्रेसले चाडपर्वलाई लक्ष्य गरीे १२ लाख रुपियाँसम्मको नगद उपहार योजना सार्वजनिक गरेको छ ।

पर्व मनाउन पैसाको आवश्यक पर्ने भएकाले हामीले नगदलाई प्राथमिकतामा राखेर बम्पर योजना सार्वजनिक गरेको सिटी मनी एक्सप्रेसका बजार प्रमुुख मधुुकुुमार लामाले बताए ।
आईएमई रेमिटले दशैं, तिहार र छठलाई लक्ष्य गरी ‘दशैंमा २० लाख बम्पर उपहार’ योजना ल्याएको छ । आईएमईले प्रत्येक महिना एक जना भाग्यशाली विजेतालाई एक लाख नगद, सातामा एक जनालाई १० हजार ‘आईएमई पे’ उपहार योजना ल्याएको छ ।

त्यस्तै प्रत्येक दिन १० जनालाई एक हजारका दरले उपहार दिने योजना सार्वजनिक गरेको छ । दशैंको नवमीसम्म रेमिट्यान्सको चाप रहने सिटी मनी एक्सप्रेसका बजार प्रमुुख मधुुकुुमार लामाले बताए । कोरिया र जापानमा आफ्नै कार्यालय खोलेर सेवा दिइरहेको सिटीले कोरियाबाट वैधानिक बाटो अपनाई नेपालमा रेमिट्यान्स भियाउन सहयोग पुगेको उनको बुुझाइ छ ।

कुुल रेमिटेन्सको करिब १५ प्रतिशत हिस्सा आगट्ने सिटीले साउदी, कतार, जापान र मलेसियाबाट रेमिटेन्स भित्र्याउँदै आएको लामाले बताए । दशैंमा सामान्य समयभन्दा एक डेढ गुुणा बढी रेमिट्यान्स भित्रिने गरेको उनले बताए ।

सरकारी तथ्यांकअनुुसार वर्षभरि भित्रिने रेमिट्यान्समध्ये दशैंमा मात्र करिब ३० देखि ५५ प्रतिशतसम्म पुुगेकोे नेपाल राष्ट्र बैंकको तथ्यांक छ । पछिल्ला वर्षको तथ्यांकलाई केलाउँदा दशैंमा मात्र दुई खर्बभन्दा बढी रेमिट्यान्स दुई सातामै भित्रिने गरेको छ । यस वर्ष यो अझ बढ्ने देखिएको छ । यसबाट धेरै नेपालीको जीवनस्तरमा सुुधार आउनुुका साथै गरिबी न्यूनीकरण गर्न टेवा पुुगेकोे छ ।

नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको उपयोगबारे गरेको पछिल्लो अध्ययनले वैदेशिक रोजगारीबाट कमाएको रकममध्ये एक चौथाइ ऋण तिर्न खर्च भएको देखाएको छ। खाडी मुुलुुक मात्र नभइ अन्य सम्पन्न देशमा कामका लागि गएका लागि नेपालीले पठाउने रकमको एक चौथाइ ऋण तिर्नमै खर्च भइरहेको अध्ययनले देखाएको छ ।

कुल रेमिट्यान्सको २४ प्रतिशत रकम दैनिक उपभोगमा खर्च हुुने गरेको छ। शिक्षा तथा स्वास्थ्यमा १० प्रतिशत र अन्य घरायसी खर्चमा १३ प्रतिशत रकम खर्च भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद बताए ।

Advertisement

Advertisement

Advertisement