नमस्ते पे एप डाउनलोड गरी केवाईसी अपडेट गरे रु. ५० सित्तैमा पाइने

Advertisement

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (नमस्ते पे)ले आफ्नो मोवाइल एप्लिकेशन डाउनलोड गरी केवाईसी अपडेट गरे रु. ५० सित्तैमा पाइने योजना सुरु गरेको छ । 

कम्पनीले नजिकिँदो चाडपर्वलाई लक्षित गरी यो योजना ल्याएको कम्पनीले बताएको छ । यो योजना असोज १५ सम्म लागू हुनेछ । एप डाउनलोड गरी केवाईसी अपडेट गर्नासाथै आफ्नो वालेटमा ५० रुपियाँ प्राप्त हुने र यो इच्छाअनुसार खर्च वा लेनदेन गर्न सकिने छ । 

Advertisement

केवाईसी अपडेट गर्दा प्रयोगकर्ताले आफ्नो फोटोसहित नागरिकता, राहदानी, लाइसेन्स, मतदाता परिचयपत्रमध्ये कुनै एक अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । यस भुक्तानी सेवा प्रदायक कम्पनीले नगदरहीत समाज सिर्जना गर्नु र आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित भुक्तानी सेवा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको बताएको छ । 

Advertisement

Advertisement