पौडेल तीर्थाटनमा, चारधाम पनि पुग्ने

Advertisement

काठमाडौं । सक्रिय राजनीतिबाट केही समय बिश्राम लिँदै काँग्रेस वरिष्ठ नेता तीर्थाटनमा निस्किएका छन् । सोही क्रममा सोमबार उनी मुस्ताङको कागबेनी पुगेका छन् ।

आध्यात्ममा बढी रुची राख्ने नेता पौडेल श्रीमती सविताका साथ तीर्थ यात्रामा निस्किएका हुन । उनी क्रमसः बोधगया, हरिद्धार, केदारनाथ, बद्रिनाथ, ऋषिकेशलगायतका तीर्थस्थल पुग्ने कार्यक्रम रहेको उनको पारिवारित स्रोतले जनाएको छ ।

क्रान्तिकारी देखिन कतिपय नेताहरु आफ्नै आमाबाबुको काजकिरियासमेत नगरेका उदाहरणहरु आइरहँदा नेता पौडेलले आफ्नी आमाको वैद्धिक विधिपूवक १३ दिन किरिया बसेका थिए ।

Advertisement

Advertisement