यस साता छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता सेयर सूचीकृत

Advertisement

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता सेयर सूचीकृत भएका छन् ।

नेप्सका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो । स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता लाभान्स सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाको आधारमा सो बैंकले शेयरधनीलाई लाभान्स सेयर दिएको हो ।

पोखरा फाइनान्सको छ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै दुई लाख ५० हजार कित्ता लाभान्स सेयर सूचीकृत भएका छन् ।

प्रभु इन्सुरेन्स कम्पनीको पनि ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । त्यसैगरी समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद शेयर यसै साता सूचीकृत भएको हो । सूर्या लाइफ इन्सुरेन्सको पनि १२ लाख १२ हजार ७५० कित्ता लाभान्स शेयर सूचीकृत भएको छ

यस साता नेप्से परिसुचकमा सामन्य गिरावत आएको छ । यही कात्तिक ४ गते एक हजार २४६ दशमलव ५२ बिन्दुमा रहेको कारोवार मापक नेप्से परिसूचक कारोवारको अन्तिम दिन कात्तिक ८ गते एक हजार २४१ दशमलब ११ बिन्दुमा पुगेको छ ।

यस्तै साताको पहिलो दिन क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसुचक २६५ दशमलव २८ बिन्दुमा रहेकामा अन्तिम दिन घटेर २६४ दशमलव शून्य एक बिन्दुमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement