थानकोटमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  प्रभु बैंकले आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौँको चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा नयाँ शाखा  सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बागमती डिलर्स एशोसिएसनका अध्यक्ष अच्युतबहादुर खडकाले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

थानकोटस्थित बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा आफ्ना केहि मन्तव्य राख्दै खड्काले  पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज भएको बताए । बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, र उद्यमी व्यवसायीहरुले पनि आफ्नै  टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement