भारतीय टेनिस खेलाडी सानिया मिर्जालाई पुत्रलाभ

Advertisement

काठमाडौं । भारतीय टेनिस खेलाडी सानिया मिर्जा आमा बनेकी छन्। विवाह भएको आठ वर्षपछि मिर्जा आमा बनेकी हुन्। सानिया पाकिस्तानी क्रिकेट खेलाडी सोएब मलिककी पत्नी हुन्। सानियाले सोमबार बिहान छोरालाई जन्म दिएकी हुन्।  १५ नोभेम्बर १९८६ मा भारतमा जन्मिएकी सानियाको बिहे सन् २००९ मा भएको थियो ।

मल्लिकले  ट्वीटर मार्फत आफुहरु बाबु आम बनेपछि धेरै खुशी भएको र  सानिया स्वास्थ्य राम्रो रहेको जानकारी  दिएका छन् ।आमा र बच्चाको तस्वीर भने उनले सार्वजनिक गरेका छैनन् ।  उनीसँग बिहे गर्नुअघि सानियाले आफ्नो बाल्यकालका साथी सोहराब मिर्जासँग सगाई गरेकी थिइन् । तर, सोयबसँग प्रेममा परेपछि उनले उक्त सगाई तोडिदिएकी थिइन् ।

पेट बोकेपछि सानियाले टेनिसबाट विश्राम लिएकी थिइन् । यद्यपि, बच्चा अलि ठूलो भएपछि फेरि कोर्टमा फर्किने उनको योजना छ । उनले सन् २०२० को टोकियो ओलम्पिक्स खेल्ने सोच राखेको सोयबले जानकारी दिएका छन् ।

१८ बर्षकै उमेरमै  विश्वस्तरमा चर्चित  बनेकी खेलाडी सानियालाई  भारत सरकारले सन् २००६ मा पद्मश्री पुरस्कारले सम्मान गरेको थियो ।

Advertisement

Advertisement

Advertisement