आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता

Advertisement

काठमाडौं । आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशतको विशेष पाउनुहुने भएका छन् ।

सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल मङ्सिर १ गतेबाट दुई वर्षसम्म कायम हुने ग्रुपले जनाएको छ ।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई, आइएमई डिजिटल सोलुसन, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स÷मोटर्स, चन्द्रागिरि हिल्स, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लाइफ इन्सोरेन्स कम्पनी, आइएमई जनरल इन्सोरेन्स कम्पनी र आइएमई को–अपरेटिभ सर्भिसमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्ने ग्रुपले जनाएको छ । यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने सम्झौता भएको छ ।

यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ ।

सम्झौतापश्चात करिब चार हजार कर्मचारीहरु र लाखौं सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्ने ग्रपले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement