गरिमा विकास बैंकको पहिलो त्रैमासमा खुद नाफा १६८ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले चालु आव २०७५- ७६ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमासमा खुद नाफ १६८ दशमलव ४६ प्रतिशतले बढाएर ९ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ३ करोड ४२ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

गरिमाले खुद ब्याज आम्दानी ६२ दशमलव २१ प्रतिशतले वृद्धि गरी ३० करोड ३ लाख ४ हजार रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १५ अर्ब ३९ करोडबाट बढाएर २२ अर्ब ८८ करोड पुर्याएको छ ।

गरिमाको जगेडा कोष भने ३० दशमलव ८५ प्रतिशतले घटेर ४६ करोड ४९ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement