‘छक्का पञ्जा ३’ ले अमेरिकामा पनि नयाँ रेकर्ड राख्यो

Advertisement

काठमाडौँ । नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल फिल्म ‘छक्का पञ्जा ३’ ले घरेलु बजारमा मात्र नभएर विदेशी भूमिमा पनि रेकर्ड बनाउन थालेको छ । नेपाली फिल्मको राम्रो मार्केटको रुपमा हेरिएको देश अमेरिकामा फिल्मले नयाँ रेकर्ड राखेको छ ।

यो फिल्म गएको एक महिनादेखि लगातार चलिरहेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा अहिलेसम्म ६४ सोज प्रदर्शन भइरहेको छ । यसअघि कुनै पनि नेपाली फिल्म यसरी अमेरिकामा नचलेको डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मसले जानकारी दिएको छ ।

हाल नेपालमा पनि सुखद प्रदर्शन गरिरहेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले लगभग१८ करोड रुपियाँ माथि कलेक्सन गरिसकेको छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल शिवहरी पौडेल, दीपिका प्रसाईँ, बुद्दि तामाङ, नीर शाहलगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

Advertisement

Advertisement

Advertisement