एक मात्र अर्धविराम प्रयोग नहुँदा ५५ करोड रुपियाँ तिर्न बाध्य

Advertisement

एजेन्सी । तपाईले भाषिक शुद्धतामा कत्तिको ख्याल गर्नुहुन्छ ? कतै अनावश्यक रुपमा अर्धविराम, ड्यास वा पूर्णविराम दिने बानी त छैन ? त्यस्ता चिन्हहरु प्रयोग हुने ठाउँमा पनि वेवास्ता गर्नुहुन्छ की ? यदि यस्तो बानी छ भने ख्याल गर्नुहोस्, करोडौंको जरिवाना तिर्नुपर्ने हुन सक्छ ।

अमेरिकाको पोर्टल्याण्ड सहरको एउटा डेरी कम्पनीले एक मात्र कमा वा अर्धविराम छुटाएका कारण ५ मिलियन डलर अथार्त हालको झण्डै ५५ करोड रुपैयाँ जरिवाना तिर्न बाध्य भएको छ । पोर्टल्याण्ड स्थित ओखरेस्ट डेरीका तीन जना गाडी चालकहरुले वर्षौंसम्म बेतवली ओभरटाईम काम गरेको दाबी गरेका छन् । यसको कारण भने आफूले प्रयोग गरेको अनावश्यक अर्धविराम भएको उनीहरुको भनाई छ ।

आफ्नो गल्ती स्विकार गर्दै उनीहरुले आफ्नो ओभर टाईमको सबै पारिश्रमिक नलिन राजी भएका हुन् । किनकी उनीहरुले ‘ढुवानी’ को पछाडी र ‘वा वितरण’ को अगाडी अर्धविराम प्रयोग गर्न छुटाएका थिए । यदि त्यसो नभएको भए अन्य अवस्थामा कानुनले वितरकलाई नै समात्ने कानुनज्ञाताहरुले बताएका छन् ।

अमेरिकी न्यायलयहरुले सो कम्पनीका १ सय २० कामदारको पक्षमा फैसला गरेका थिए । कम्पनीको विरुद्धमा वकालत गरिरहेका वकिल डेबर्ट वेबबर्डका अनुसार उनीहरुले ‘हाम्रो जहाज सवार हुनेछ’ भन्ने क्लजमा अर्धविरामको प्रयोग गरेका थिएनन् । यो एक सानो गल्ती जस्तो देखिए पनि यसले गलत अर्थ लाग्ने र यसको परिणाम पनि भयानक हुन सक्ने उनको बुझाई छ ।

अंग्रेजीमा अर्धविराम वा अल्पविरामको ठूलो महत्व हुने गर्छ । अमेरिकमा सन् १८७० मा नै यस सम्बन्धी कानुन आईसकेको छ ।

Advertisement

Advertisement

Advertisement