ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले एशियन लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र एशियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात एशियन लाइफ इन्स्योरेन्सको बीमा पोलिसीहरु ग्लोबल आइएमई बैंकका सबै एक सय ३२ वटै शाखा कार्यालयहरुबाट खरिद गर्न सकिने भएको छ ।

बैंकले मुलुकभर एक सय ३२ शाखा कार्यालयहरु, १५ वटा राजश्व संकलन काउण्टर, एक सय ४० वटा एटिएम, छ वटा एक्स्टेन्सन काउन्टर तथा एक सय चार वटा शाखा रहित बैंकिङ इकाईहरुमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement