शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबललाई पराजित गरेको थियो भने मछिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

खेल हुनुअघि आज बिहान आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मछिन्द्र क्लबलाई सहजरुपमा जित नदिने बताए । मछिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैं–तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताए ।

यस्तै आजै हुने दोस्रो खेलमा ललितपुरका ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो । थ्री स्टारका लागि क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदानमा फर्कंदैछन् । चोटका कारण करीब आठ महीना मैदान बाहिर रहेका विक्रम उपचार पूरा गरेर मैदान फर्कन लागेका हुन् ।

लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको थ्री स्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेड ब्बाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिनुए । थ्री स्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का, सुनिल बललगायत खेलाडी समावेश छन् । थ्री स्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने दाबी गरे । पछिल्लो पटक ७१ सालमा भएको ‘ए’ डिभिजन लिग चार वर्षपछि भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement