वैंकहरुले संकलित निक्षेपभन्दा ३ गुणा वढी कर्जा प्रवाह गरे

Advertisement

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संकलित निक्षेपको तीन गुणा बढी ऋण लगानी गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार असोज मसान्तसम्म निक्षेपभन्दा कर्जा २. ७३ गुणाले बढेको हो ।

आर्थिक वर्षको पहिलो तीन महिनामै बैंकहरुले २. ९१ प्रतिशतले निक्षेप वृद्धि गरेका हुन् । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य वैंकले बाहेक अन्य २७ वटा बैंकहरुले असोज मसान्तसम्म २३ खर्ब ६७ अर्ब १४ करोड निक्षेप संकलन गरेको थियो । यस अघि असार मसान्तसम्म २३ खर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । असार मसान्तसम्म १९ खर्ब ८३ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोज मसान्तसम्म २१ खर्ब ४१ अर्ब २७ करोड पुर्याएका छन् ।

तर विज्ञहरुले भने संकलित निक्षेपभन्दा वढि कर्जा प्रवाह बढाउँदा बैंकिङ प्रणालीमा समस्या आएको वताएका छन् । फलस्वरुप एक दर्जन वाणिज्य बैंकहरुले निक्षेप नथपिएसम्म कर्जा दिन नसक्ने भएका छन् । १४ वटा बैंकहरुको निक्षेपमा कर्जा अनुपात ७८ प्रतिशतले नाघेको छ । यसअघि कुनै पनि बैंकहरुको कर्जा अनुपात ७८ प्रतिशत पुगेको थिएन ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार बैंकहरुले कर्जा बढाउने तर्फ मात्रै ध्यान दिँदा, गलत ठाउँमा पुँजी लगानी भई समस्या देखिने सम्भावना वढेको छ । यसले आयातित बस्तु तथा सेवा, र मुद्रास्फिति जस्ता पक्षलाई पार्ने असरले मुलुकको समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्दछ । त्यसैले यसतर्फ बैंकहरु सजग हुनुपर्ने तर्क छ, राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाको ।

त्यसो त बैंकहरु पनि प्रयाप्त लगानी रकम नभएकाले कर्जा अनुपात हटाउनुपर्ने माग राख्दै अर्थमन्त्रालयमा दवाव दिएका छन् । ‘राज्यले समयमा विकास खर्च गर्न नसक्ने भएकाले त्यसको असर बैंकको निक्षेपमा पर्न जाने र उद्योग व्यवसायहरु संकटमा पर्न सक्ने भएकाले कर्जा प्रवाह गर्न नसक्ने एक वैंकरले वताएका छन् ।

राष्ट्र बैंकले भने यो अनुपात हटाउन नसक्ने पक्षमा उभिएको छ । ‘बैंकहरुको लक्ष्य भनेकै अधिक्तम नाफा कमाउनु हो, त्यसकारण उनीहरुले यो अनुपात हटाउन खोजेका हुन् त्यसले जोखिम बढाउँन सक्छ’ थापाको भनाई छ । सर्वसाधारणबाट संकलित रकम उपयुक्त ठाउँमा लगानी गरी अर्थतन्त्रलाई सहयोग पु¥याउन पर्नेमा उनको जोड छ ।

त्यसो त सरकारी स्वामित्वका बैंकहरुको कर्जा अनुपात नीजि क्षेत्रका वैंकहरुको भन्दा कम छ । यसरी हेर्दा नेपाल बैंकको कर्जा अनुपात ७१ प्रतिसत रहेको छ भने, कृषि विकास बैंकको ७५ प्रतिशत छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको असारसम्मको कर्जा अनुपात ७१ प्रतिसत छ ।
असोज मसान्तसम्म विभिन्न वैंकहरुको कर्जा अनुपातलाई तल प्रस्तुत गरिएको छ ।
बैंक
सिडी रेसियो प्रतिशतमा

नविल

७७. ८५

नेपाल इन्भेष्टमेन्ट

७७. ४५

एनआइसी एसिया

७७. ६८

कृषि विकास

७५. ९८

नेपाल बैंक

७१. ०९

एभरेष्ट बैंक

७७. ३२

हिमालयन बैंक

७८. ७७

एसबिआई

७४. ४२

एनएमबि

७८. ३१

स्टान्डर्ड चार्टड

६८. ३४

ग्लोबल आइएमई

७७. ६४

सानिमा बैंक

७९. १४

सिद्धार्थ बैंक

७९. ४७

सनराइज बैंक

७७. ५७

प्रभु बैंक

७५. ६८

माछापुच्छ्रे

७८. ९२

बैंक अफ काठमाण्डु

७९. ५२

कुमारी बैंक

७९. ९१

मेगा बैंक

७९. ६१

लक्ष्मी बैंक

७८. ०८

सिटिजन्स

७९. ६२

एनसिसी

७८. ९८

सेन्चुरी कमर्सियल

७९. ५०

नेपाल बंगलादेश

७९. ४७

जनता बैंक

७९. ५२

प्राइम कमर्सियल

७९. ८०

सिभिल

७९. ९७

Advertisement

Advertisement

Advertisement